२०७९ जेष्ठ ६, शुक्रबार ०७:४८

स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले प्रतिष्ठा जोगाउन असफल भएको छ ।

विगतको चुनावमा २५ पालिकामा जित हासिल गरेको तत्कालीन राजपाका नेताहरुले गठन गरेको लोसपा भने हाल सम्म ४ पालिकामा प्रमुख र उपप्रमुख मात्र जित्न सकेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणाम अनुसार लोसपाले ४ प्रमुख र ४ उपप्रमुखमा जित हासिल गरेको छ ।त्यो विगतको चुनाव भन्दा धेरै कम छ । लोसपाको भन्दा आधी कम स्थान जनमत पार्टीले प्राप्त गरेको छ ।चुनावको मुखमा गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)ले पनि एउटा पालिकामा प्रमुख जितेको छ । लोसपाले प्रमुख प्रतिद्वन्दी ठानेको जनता समाजवादी पार्टी(जसपा)ले भने १८ प्रमुख र १६ उपप्रमुख जितेको छ ।वीरगञ्ज महानगरपालिका, जलेश्वर नगरपालिका लगायतका केही पालिकामा जसपाका उम्मेदवार हरुले फराकिलो मत अन्तरले अग्रता लिएको छ । जसपा र लोसपाले जित हात पारेका पालिकाहरु मधेश प्रदेशका छन् ।अन्य प्रदेशहरुमा दुबै दलले सफलता पाएको छैन् ।यद्यपि जसपा र लोसपा दुबैले राष्ट्रिय पार्टी भएको दाबी गर्दै आएका छन् । माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीएस)ले घोषित परिणाम मध्ये १४ प्रमुख र १७ उपप्रमुखमा जित हासिल गरेको छ । त्यसमध्ये रौतहट जिल्लाका गौर र राजदेवी नगरपालिका पनि हो ।

सबैभन्दा बढी पालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले सफलता पाएको छ ।आयोगको विवरण अनुसार कांग्रेसले २ सय ६१ प्रमुख र २ सय ४१ उपप्रमुख जितेको छ । त्यसपछि नेकपा एमालेले १ सय ६७ प्रमुख र १ सय ८१ उपप्रमुख जितेको छ । माओवादी केन्द्रले १ सय ६ प्रमुख र १ सय १७ उपप्रमुख जितेको छ । माओवादी केन्द्र संख्यात्मक रुपमा तेस्रो स्थानमा रहेको छ । जसपा चौथो स्थानमा रहेको छ । ज स प ा ल े वीरगञ्ज महानगरपालिका पनि जित्ने संभावना बलियो छ । तर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा लज्जास्पद पराजय भोग्नु परेको छ । पाँच दलीय गठबन्धनबाट जसपाका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साह पाँचौ स्थानमा रहेका छन् ।जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका पुत्र अमरेन्द्र यादव विराटनगर उपमहानगरपालिकाको उपप्रमुखमा पराजित हुने भएका छन् । तर वीरगञ्ज महानगरपालिकाको मेयरलाई जिताएर जसपाले प्रतिष्ठाको रक्षा गर्न लागेको छ । जसपाका राजेशमान सिंहको भन्दा वीरगञ्जका निवर्तमान मेयर विजय सराबगी दोब्बर मतले पछाडि छन् । सरावगीले जसपाबाट टिकट नपाउने अनुमान गरी एमालेमा प्रवेश गरेका थिए ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News