जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा दीपनारायण मण्डलले ४ हजार ४ सय ९९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामछविला साहले दुई हजार ४ सय ११ मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा महजबी खातुनले चार हजार ७सय ७१ मत ल्याएर विजयी भएकी छन्। महजवी यसअघि निर्वाचनमा दोस्रो पटक उपाध्यक्षमा निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी रौकसाना खातुनले २ हजार ७६ मत प्राप्त गरेकी छन्। त्यस्तै पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालबाट अध्यक्षमा जसपाका रामजानकी यादवले ५ हजार ५ सय ८२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अमितकुमार पाण्डेयले दुई हजार ९ सय ७७ मत ल्याएका छन् । त्यसैगरी उपाध्यक्षमा जसपाकै बन्दना पाण्डेयले पाँच हजार ४० मत ल्याएर विजय भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी रविता कुमारीले तीन हजार ६ सय २३ मत प्राप्त गरे ।
त्यस्तै मटिहानी नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका हरिप्रसाद मण्डल निर्वाचित भएका छन् । उनी ४ हजार ३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका मो. मुजिबुल रहमान २ हजार ६सय ७४ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा लोसपाकी मञ्जु देवी निर्वाचित भएकी छन् । उनले ३ हजार ८सय ६४ मत ल्याएकी छन् भने उनको निकटतम प्रतिद्वन्दी जसपाकी जीवछी देवी यादव २ हजार ७५१ मत ल्याएकी थिइन् ।

please subscribe our official youtube channel below and support us.

