अपडेट 
२०७९ जेष्ठ ६, शुक्रबार १८:१६

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते संघीय संसदमा पेश गर्ने भएकी छन् ।  राष्ट्रपति भण्डारीले १० गते संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गर्ने भएकी हुन् ।

संसदमा जारी आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमको सन्दर्भमा राष्ट्रपतिले सो दिन संयुक्त सभालाई सम्बोधन गर्ने संसद​ सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले जेठ १० गते मंगलबार दिउँसो ४ बजे राष्ट्रपतिले सम्बोधन गर्ने कार्यतालिका रहेको सचिवालयले उल्लेख गरेको छ ।

यस्तै शुक्रबार बसेको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई  तोकिएकै पोशाकमा उपस्थित हुन निर्देशन दिएका छन् ।

Comment


Related News

Latest News

Trending News