जनकपुरधाम ।मधेश प्रदेशको स्थानीय तहमा ठूला दलहरुले नै वर्चस्व कायम गरेका छन् ।सत्तारुढ गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली काँग्रेसले सर्वाधिक पालिकामा वर्चस्व कायम गरेको छ ।
काँग्रेसले कलैया उपमहानगरपालिका हारेपनि अन्य नगर र गाउँपालिका जित्ने सबै भन्दा ठूलो दल बनेको छ ।गत चुनावमा मधेश प्रदेशमा काँग्रेसको अवस्था कमजोर थियो । यस पटक मधेशवादी दल भनेर चिनिएका जनता समाजवादी पार्टी( जसपा)र लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)लाई क्षति भएको छ । पाँच दलिय गठबन्धनबाट जनकपुरधाम उपमहानगरको मेयरमा भाग पाएको जसपाले लज्जाष्पद पराजय भोग्नु पर्ने अवस्था देखिएको छ ।जसपाका उम्मेदवार निवर्तमान मेयर लालकिसोर साह शुक्रवार अबेर राती सार्वजनिक भएको मतगणनाको परिणाम अनुसार पाँचौ स्थानमा छन् ।गणना भएका कुनैपनि वडामा अध्यक्ष जित्न सकेको छैन् । कलैया उपमहानगरपालिकाको उपप्रमुखमा पनि जसपाका उम्मेदवार पराजित भएका छन् ।गठबन्धनबाट उम्मेदवारी दिएपनि कलैयामा एमालेका मेयर र उपमेयर निर्वाचित भएका छन् । जसपाले मधेश प्रदेशमा हाल सम्म १८ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ ।पहाडी जिल्लाको ३ पालिकामापनि जसपाले अध्यक्ष जितेको छ । तर लोसपा हाल सम्म ११ पालिकाको मेयर/अध्यक्षमा सिमित भएको छ ।
लोसपाका लागि सर्वाधिक उपलब्धिमूलक महोत्तरी जिल्ला देखिएको छ ।महोत्तरीमा लोसपाका हरिप्रसाद मण्डल मटिहानी नगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।जलेश्वर नगरपालिकामा जसपाका उम्मेदवार विजयोन्मुख छन् । तर सोनमा गाउँपालिका र औरही नगरपालिकामा लोसपाले जित हासिल गरेको छ । धनुषामा लोसपाले खाता खोल्न सकेको छैन् ।तर जसपा विगतको चुनावमा धनुषामा दुई पालिका जितेको थियो ।यसपटक तीनवटा पालिकामा जसपाले जितेको छ । धनुषामा काँग्रेसको प्रदर्शन उत्कृष्ट भएपछि एमाले सुकेको छ ।विदेह नगरपालिकामा एमालेका निवर्तमान मेयर बेचन दासले पूनःजितेका छन् ।मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका एमालेले गुमाएको छ । एमालेले कलैया उपमहानगरपालिका जितेर ठूलो सफलता हात पारेको छ ।तर एमालेको कब्जामा रहेको जितपुर सिमरा उपमहानगरपालिकामा माओवादी केन्द्रले कब्जा जमाएको छ ।वीरगञ्ज महानगरपालिकामा प्रतिष्पर्धामा रहेका निवर्तमान मेयर विजय सरावगीका लागि जित कुनै चमत्कारकै आशमा सिमित भएको छ ।वीरगञ्जमा जसपाका राजेशमान सिंहले १० हजार भन्दा बढी मतले अग्रता लिएका छन् । जसपाले पर्साको २ वटा अन्य पालिकामा मात्र जित्न सकेको छ ।
मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा नराम्ररी पराजित भएकी छन् ।बारा जिल्लामापनि जसपाले २ वटा पालिकामा जितेको छ । जसपाका लागि सर्वाधिक राम्रो सप्तरी जिल्ला भएको छ ।पाँचवटा पालिका जसपाले जितेको छ ।सर्लाहीमा २ र रौतहटमा पनि २ पालिका मात्र जितेको छ ।सिरहामा ३वटा पालिकामा जसपाले जित हात पारेको छ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका दाजु सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा पराजित भएका छन् ।चन्द्रनगरमापनि नेपाली काँग्रेसले नै अध्यक्ष र उपाध्यक्ष जितेको छ । गत चुनावको भन्दा एमालेलाई सर्वाधिक क्षति र त्यसपछि लोसपालाई क्षति भएको छ ।गत चुनावमा लोसपाले २५ वटा पालिका जितेको थियो ।जनकपुरधाम उपमहानगरपालिका समेत जितेको लोसपाको अवस्था हालको मतगणनामा तेस्रो रहेको छ ।जनकपुरधाम उपमहानगरमा नेपाली काँग्रेसका बिद्रोही मनोज कुमार साहको अग्रता रहेको छ ।तर वडाहरुमा काँग्रेसकै बर्चस्व छ । नेकपा एमालेले सिरहा जिल्लामा साख जोगाएको छ ।लहान नगरपालिका हारेपनि सिरहा नगरपालिका जितेको छ ।सुखीपुर नगरपालिकामा एमालेका मेयरले दोस्रो कार्यकाल सुरु गर्न लागेका छन् ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेकै मधेश प्रदेशमा समेत वर्चस्व देखिएको छ ।नेकपा एकिकृत समाजवादी (एस)ले रौतहट जिल्लाको गौर र राजदेवी नगरपालिकामा विजय प्राप्त गरे बाहेकको उपलब्धि देखिएको छैन् । जनमत पार्टीलेपनि अपेक्षाकृत सफलता पाउन सकेको छैन् ।तर तमलोपाले अनपेक्षित सफलता पाएको छ ।
please subscribe our official youtube channel below and support us.