२०७९ जेष्ठ ७, शनिबार ०७:५९

धनुषा जिल्लाको मुख्यिापट्टी मुसरनिया गाउँपालिकाको उप्रमुखमा जनता समाजवादी पार्टीकी उम्मेदवार सैदा खातुन विजय भएकी छिन् । धनुषामा पहिलो पटक राजनीतिक मैदानमा उत्रेकी खातुन ४ हजार ४ सय १५ मत ल्याइ विजय भएकी छिन् ।

उनका निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार अनिता कुमारीलाई १ हजार २ सय ६३ मत ल्याई विजयी भएकी छिन् । खातुन सधारण लेखपढ गर्न जानेकी धनुषा जिल्लामा प्रथम मुस्लिम महिला हुन् जो गाउँपालिकाकी उपप्रमुख जस्तो पदमा निर्वाचित भएकी छिन् । किसान परिवारमा जन्मेकी ३७ वर्षीया खातुनले १५ वर्ष अघि मुख्यिापट्टी मुसरनिया गाउँपलिका–३ तुल्सियाहीकी बस्ने अब्दुल मनान राईनसँग विहे भएको छ । राईन पनि गाउँमै आफ्नो व्यापार व्यवसाय गरीखाने सधारण व्यक्ति हुन् । मधेश आन्दोलनको क्रममा मधेशवादी दलका नेतासँग चिनजान भएको हुँदा र सोही क्रममा गाउँका राजनीतिमा लागेका राईनले पार्टीको अनुरोधमा श्रीमती सैदालाई गाउँपालिकाकी उपपप्रमुख पदमा उम्मेदवारी दिएकी थिईन् । मधेशमा जातपात आर्थिक लेनदेनको अधकारमा टिकट वित्तरण भइरहेको बेला जसपाले सो भन्दा माथि उठेर पार्टीमा सक्रियता पूर्वक लागेका कार्यकर्ताको लागनीलाई मुल्यांकन गरी सैदालाई टिकट दिएको राईनले बताए । करिब १७ हजार मतदाता रहेको सो गाउँपालिकामा मुस्लिम मतदाताको संख्या मात्र १ हजार ५ सय जत्ति छ । तर पनि सैदाले आफ्नै पार्टीबाट गाउँपालिकामा प्रमुख पदका उम्मेदवार जयकुमार यादवसँगै विजयी भएका हुन् भने सैदाको जितमा पनि महत्वपूर्ण भुमिका रहेको छ ।

सैदा प्रत्यक्ष रुपमा चुनावी मैदानमा उत्रेर निर्वाचित भएर धनुषामा एक इतिहास रचेकी छिन् । निर्वाचित गराएका जनता,पार्टी सबैलाई धन्यवाद दिँदै सैदाले भनिन्,‘घरपारिवारमै सिमित रहेकी म जस्ता मुस्लिम महिलाई पार्टी र जनताले अवसर दिएर ठूलो उपकार गरेको छ । जनताले मलाई विश्वास गरी दिएको जिम्मेवारीलाई सक्दो इमान्दारीताका साथ पूरा गर्ने सपथ लिएको छुँ’। ठूलठूला पार्टीहरुले महिलालाई पनि मुस्लिम महिलालाई प्राय यस्तो अवसर दिँदैन, सैदाले भनिन्, मलाई पार्टीले अवसर दियो र जनताले सेवा गर्ने मौका दिएका छन् । पार्टी चुनावको क्रममा गरेको प्रतिवद्धता कार्यान्वय गराउने मेरो भूमिका रहन्छ, उपप्रमुखमा निर्वाचित सैदाले भनिन्,‘ अन्य समुदायको महिला भन्दा मुस्लिम महिला निकै पछाडि छन्, उनीहरुको उत्थानको लागि पार्टीले गरेको प्रतिवद्धता र योजनाहरुलाई अगाडि बढाउँछु ।’ ग्रामिण क्षेत्रको महिलाले अझै राजनीतिक चेतनाको विकास हुन सकेको बताउँदै उनले भनिन्,‘ म जस्ता समान्य परिवारकी महिला राजनीतिमा आए पछि समाजमा त्यसको सकरात्मक प्रभाव पर्छ ।’

आफूलाई राजनीतिकको अनुभव नभए पछि जनताले ममाथि गरेको भरोसालाई पूरा गर्न सदैव अग्रपंतिमा रहने प्रतिवद्धता उनले व्यक्त गरिन् ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News