२०७९ जेष्ठ ७, शनिबार ०८:०३

बारा जिल्लाको विश्रामपुर गाउंपालिकामा लोसपाका उम्मेदवार जुल्फीकार अली भुट्टो फराकिलो र उपप्रमुखमा प्रियंका देव मतान्तरबाट विजयी भएकी छिन् । उनले नेकपा समाजवादी पार्टीका मदन यादवलाई पराजित गर्दै बिजयी भएको छ ।

भुट्टोले ४ हजार ३ सय १७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्धन्द्धी मदन यादवले २ हजार ३ सय २६ मत ल्याएका छन् । त्यस्तै उपप्रमुख प्रियंका देवीले ३ हजार ३ सय ३४ मत ल्याई विजयी भएकी छिन् । उनका प्रतिद्धन्द्धी जनता समाजवादी पार्टी नेपालकी गायत्री देवीले २ हजार २ सय २ मत प्राप्त गरिन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट अमिरीलाल पाल निर्वाचित भएका थिए । पाल पुनः नेपाली कांग्रेसबाट अध्यक्ष पदको उम्म्ोदवारी दिएकी थिईन् । त्यसैगरी कोल्हवी नगरपालिकामाको मेयरमा रामप्रसाद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित भएकी छिन् । मेयर चौधरीले नौ हजार १ सय ५ तथा भण्डारीले आठ हजार ३ सय ७ मत प्राप्त गरिन् । त्यस्तै उनका निकटतम् प्रतिद्वन्दी एमालेका भरतबहादुर भण्डारीलाई ७ सय बढी मतले पराजित गरेकी छन् । यस्तै उपप्रमुखमा एमालेकी सुनैना थरुनीलाई ६सय बढी मतले पराजित गर्दै कांग्रेसकी लक्ष्मीकुमारी चौधरी निर्वाचित भएकी छिन् । लक्ष्मीले नौ हजार ८८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दी सुनैनाले आठ हजार ४सय ८३ मत प्राप्त गरे । गत निर्वाचन २०७४ मा कोल्हबी नगरको प्रमुखमा एमालेका भण्डारी र एमालेकै थरुनी निर्वाचित भएकी थिईन् ।

त्यस्तै जिल्लाको सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार किशोरी साहकलवार निर्वाचित भएका छन् । उनले ११ हजार १ सय ३१ मत ल्याई नेपाली काँग्रेसका प्रत्याशी बिजय शंकरलाई हराएका हुन् । यादवले भने ९ हजार ३ सय ११ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा नजबु शेहरले ९ हजार ८ सय ४३ मत ल्याई बिजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्द्वी नेपाली काँग्रेसकी रिता कुशवाहाले ८ हजार ४ सय ६१ मत प्राप्त गरेकी छिन् । वडा – २ को अध्यक्षमा मात्र जितेका कलवारलाई अगाडि यात्रामा कठिनाई हुने भएको छ । भने १३ वटा वडा मध्ये ८ वटामा पुरै प्यानल सहित नेपाली कांग्रेसले बिजय प्राप्त गरेका छन् । वडा–१ मा भने समाजवादी पार्टीले जीत हात पारेका छन् ।

Comment


Related News

Latest News

Trending News