अपडेट 
२०७९ जेष्ठ ७, शनिबार ०८:०७

सप्तरी जिल्लाको सदरमुकाम राजविराज नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी नेपाल का उम्मेदवार भीमराज यादव निर्वाचित भएका छन् ।

श ु त्र m ब ा र घोषित मत परिणाम अनुसार भीमराज ९ हजार ६ सय २४ मत प्राप्त गरी विजय भएका हुन् । उनका निकटत्तम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ८ सय ७ मत मात्र प्राप्त गरे । उपमेयरमा पनि जसपाकी इसरत प्रवीण विजय भएकी छिन् । उनले ७ हजार २ सय ६४ मत प्राप्त गर्दा उनका निकटत्तम् प्रतिद्वन्दी नेपाली काँग्रेसकी शुशिला यादवले ४ हजार ५ सय २७ मत प्राप्त गरेकी छिन् । गत स्थानीय तह २०७४ को निर्वाचनमा पाँच हजार १ सय ९५ मत ल्याएर निर्वाचित भएकी उपप्रमुख लोसपाकी साधना झा यसपटक तीन हजार २ सय ६ मतमा सीमित हुँदा चांैथो स्थानमा रहेकी छिन् ।

कूल १६ वडा रहेको राजविराज नगरमा जसपाले वडा नं १, २, ३, ४, ५, ९, ११ र १६ गरी आठवटा वडामा जितेका छन् भने माओवादीले ७, ८ र १० गरी तीन, लोसपाले ६ र १३ गरी दुई वडाध्यक्षमा विजयी भएको छ । नेकपा (एमाले)ले वडा नं १४, नेकपा (एकीकृत समाजवादी)ले वडा नं १२ र राप्रपाले वडा नं १३ गरी एक÷एक वडाध्यक्षमा जित हासिल गरेका छन

Comment


Related News

Latest News

Trending News