२०७९ जेष्ठ ७, शनिबार ०८:१०

जनकपुर टुडे राष्ट्रिय दैनिक सफलता पर्वक२४ वर्ष पुरागरि २५ वर्षमा प्रवेश गरेको छ ।यस सुखद अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुकहरुमा हार्दिक अभार प्रकट गर्दछौ ।

मोफसलबाट पत्रिकाको दैनिक पत्रिकाको नियमित प्रकाशन अत्यन्त चुनौतीपूर्ण हो ।तैपनि जनकपुर टुडेले सबैको सहयोग र सदभावबाट कठिन यात्रामा सफलतापूर्वक अगाडी बढिरहेको छ ।विश्वव्यापी कोरोना भाइरसको महामारीको बेला नेपालपनि अक्रान्त थियो ।देशका अधिकांश सञ्चार माध्यमहरुको प्रकाशन अबरुद्ध भएको थियो ।तर मधेश प्रदेश प्रदेशमा सूचनाको प्रवाहलाई निरन्तरता दिन जनकपुर टुडेको प्रकाशन नियमित भइरह्यो ।मधेश प्रदेशभरि र प्रदेश १ को केहि जिल्लामा समेत जनकपुर टुडेको उपस्थिति थियो ।विषम परिस्थितिमा समेत जनकपुर टुडेले आफ्नो दायित्व पुरा गरेको छ ।देश र जनहितका लागि प्रतिबद्ध जनकपुर टुडेले सूचना प्रवाहमा कुनै कसर बाँकी राखेको छैन् ।जनकपुर टुडेमा कार्यरत्त जनशक्ति दक्ष भएपनि नयाँ रहेकाले कतिपय अस्वभाविक किसिमको त्रुटीहरु भएका छन् ।त्यस्ता कमीकमजोरीहरुलाई हटाउन निरन्तर प्रयास भइरहेको छ ।तैपनि कतिपय कठिनाईको कारण कमिकमजोरीबाट पूर्ण मुक्त भइसकेको अवस्था छैन् ।श्रव्य (रेडियो) र श्रव्यदृश्य (टेलिभिजन) को क्षेत्रमा समेत जनकपुर टुडेले विश्वसनिय समाचार र स्वस्थ मनोरञ्जन दिदै आएको छ ।रेडियो टुडे र टीभी टुडे जनकपुरपनि प्रशारणको क्षेत्रमा अग्रस्थानमा रहँदै आएकोछ ।

ईजनकपुर टुडे डट कम(भवबलबपउगचतयमबथ।अयm)बाट छिटो र विश्वसनिय समाचार पाठक समक्ष पस्किदै आएको छ ।पाठकहरुको सहजताका लागि जनकपुर टुडेको ईपेपरपनि एकाबिहानै उपलब्ध गराइन्छ ।जनकपुर टुडेको यात्रामा सहयोग र सहकार्य गर्ने सबै निकायप्रति हामी अभारी छौ ।अगामी दिनमापनि हाम्रो सहकार्य निरन्तर रहनेछ ।मधेश प्रदेशको राजधानी जनकपुरधामलाई केन्द्र बनाएर प्रकासित हुँदै आएको जनकपुर टुडे निकट भविष्यमा नै प्रदेश १ र बागमती प्रदेशमा नियमित रुपमा उपलब्ध हुनेछ ।संघीय राजधानी काठमाण्डुमा जनकपुर टुडेको प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ ।देशको संघीय राजधानीबाट प्रकाशन प्रारम्भगरि देशका बिभिन्न भागमा जोडिने लक्ष्य रहेको छ ।संघीय राजधानीबाट पत्रिकाको प्रकाशन र बितरण प्रारम्भ भएसँगै देशको प्रमुख सहरहरुलाई जोड्न सहज हुनेछ ।सञ्चार क्षेत्रमा भइरहेको क्रान्तिकारी परिवर्तनलाई आत्मसातगर्दै अगाडी बढिरहेको छ ।अगामी दिनमा जनकपुर टुडेले डिजिटल प्रविधिमा विशेष जोड दिनेछ ।रेडियो र टीभीको अनलाईन प्रशारणलाई अझ प्रभावकारी बनाउन काम भइरहेको छ ।सूचनामा सबैको पहुँचलाई सहज बनाउन जनकपुर टुडेले निरन्तर प्रयास गर्नेछ ।

जनकपुर टुडेले २४ वर्षको यात्रामा अनेक आरोहअवरोह पार गरेको छ ।संस्थापक प्रकाशक अरुण सिंघानियाको हत्या र सञ्चारकर्मी उमा सिंहको हत्या प्रकाशनलाई बन्द गराउने असफल प्रयास थियो ।दिवंगत आत्माको चीरशान्तिको कामनागर्दै भावपूर्णश्रद्धाञ्जली अर्पण गर्दछौ ।आजको पुनित अवसरमा फेरीपनि स्वतन्त्र, निष्पक्ष र तटस्थ भै सूचना सम्प्रेषणको जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।हामीलाई सहयोग, सदभाव प्रदान गर्नु हुने सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुकहरुमा हार्दिक अभार प्रकटगर्दै अगामी दिनमापनि सहयोग र सदभाव प्राप्त हुने विश्वास लिएका छौ ।

Comment


Related News

Latest News

Trending News