२०७९ जेष्ठ ८, आईतवार ०७:३४

मेयरमा निर्वाचित विनोद साह र उपमेयरमा निर्वाचित रौशन प्रविनलाई समर्थकहरुले तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।

चुनाव जितेर विजय जुलुस वडा नम्बर– १० मा पुग्दा मेयर र उपमेयरसहित वडा नम्बर १० का वडाअध्यक्ष मो. सबिरलाई लड्डुमा तौल गरेर स्थानीयले स्वागत गरेका थिए । निर्वाचित तीनै जनालाई मो.गजनी ठकुराईले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका थिए । नव जनप्रतिनिधिहरुलाई काँटामा राखेर उनीहरुकै तौल बराबरको लड्डु दिइएको थियो । भने त्यो लड्डु समर्थकलाई बाँडिएको थियो । लड्डु दिने ठकुराईले आफू कुनै पनि दलमा नरहेको भन्दै यी जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताए ।

Comment


Related News

Latest News

Trending News