प्रसिद्ध भारतीय सन्त एवम् कथावाचक मोरारी बापूको राम कथा प्रवचन शनिवारदेखि जनकपुरधाममा शुरु भएको छ ।
ज न क प ु र ध ा म िस् थ त ऐतिहासिक तथा धार्मिक महत्वको तिरहुतिया गाछीमा सो प्रवचन शुरु भएको छ । जनकपुरधाममा सन्त बापूको यो दोस्रो प्रवचन हो । तिरहुतिया गाछी परिसरमा प्रवचन र भोजनका लागि फरक–फरक पण्डाल बनाइएका छन् । भने स्थलमा प्रवेश र बहिर्गमनका लागि बनाइएका स्वागतद्वार अत्यन्त आकर्षक रहेको छ । प ्र व च न स् थ ल म ा खानेपानी, स्नानागार, शौचालयलगायका आवश्यक अस्थायी पूर्वाधार निर्माणसमेत गरिएको छ । कथा वाचनपूर्व निःशुल्क प्रसाद(भोजन)ग्रहणका लागि शनिवार १२ बजेसम्म समय तोकिएको थियो ।
बापूको प्रवचन शनिबार साँझ ४ बजेबाट ७ बजेबाट शुरु भएको थियो । शनिवार सो कार्यक्रममा मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र , मुख्यमन्त्री लालबाबु राउत , नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि , प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव , जानकी मन्दिरका महन्त रामतपेश्वर दास , जानकी मन्दिरका सहयोगी महन्तको उपस्थिति रहेको थियो । मोरारी बापूको प्रवचन श्रवणका लागि भारत लगायत नेपालका विभिन्न स्थानबाट आएका श्रवणकर्ताले जनकपुरधामका होटल , धर्मशाला भरिभराउ छ ।