२०७९ जेष्ठ ९, सोमबार ०७:५६

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा २५ वर्षीय विद्यानन्द चौधरी निर्वाचित भएका छन् ।

भारतसंग सीमा जोडिएको उक्त गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार बनेका चौधरी विजयी हासिल गरेका छन् । आइतवार सार्वजनिक मतगणनाको अन्तिम परिणाम अनुसार चौधरी २ हजार ८ सय ९५ मत ल्याई निर्वाचित भएका छन् । उनी जिल्लामा सबभन्दा कम उमेरका पालिका अध्यक्ष भएका छन् । उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रकी राजोदेवी यादव २ हजार ४ सय ७२ मत ल्याई निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी प्रमिला साहले १ हजार ५ सय ९५ मत प्राप्त गरिन् ।

Comment


Related News

Latest News

Trending News