२०७९ जेष्ठ १०, मंगलवार ०८:०९

कलैया । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर– २० मा हत्या भएको युवकको हत्यारालाई प्रहरीले सार्बजनिक गरेको छ ।

गत जेठ ६ गते प्रहरीले वडा नम्बर–२० स्थित बसडिलवा गोठ टोलदेखि करिब ५ सय मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा २५ बर्षीय युवक दीपक पासवानको शव फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दा २० वर्र्षीय शेख नवि आलम र वर्ष २१ को शेख सलिमले मृतक पासवानको घाँटीमा धारिलो घरेलु हतियार बखुवा (खुर्पा )ले हत्या गरेको भेटिएको छ । उनीहरु दुबै जना पासवानसँग भएको रिसका कारण हत्या गरेको बारा प्रहरीका प्रबक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए । घट्ना पश्चात गाउँघर छाडि फरार रहेको अवस्थामा प्रहरीले हत्या आरोपिहरुलाई पक्राउ गरेको थियो । बारा जिल्ला अदालतबाट पहिलो पटक ७ (सात) दिनको म्याद थपको अनुमति र्लि हिर ासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=oBGajKBCosA

Comment


Related News

Latest News

Trending News