सप्तरी । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा दुईवटा कारखाना खोलिने भएको छ ।
डा.सिके राउतले घोषणा गरे अनुसार आफू नेतृत्वको जनमत पार्टी जितेको हनुमाननगर कंकालिनी नगरपालिकामा दुई वटा कारखाना खोल्ने भएका छन् । डा. सिके राउत स्वयमं नपा र सोका वडा नम्बर १ र ४ का कार्यालय, अस्पताल र विद्यालयहरु अनुगमन गर्दै पहिलो चरणमा जनमत जितेको वडा १ र ४ मा झोला उद्योग र केरा चिप्स उद्योग खोल्ने बताए । गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावबाट जनपार्टीको तर्फबाट नपाको मेयरमा वीरेन्द्र माझी जितेका थिए । साथै यस पटक वडा नम्बर १ र ४ पनि जनमतले नै जितेका थिए ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=oBGajKBCosA