अपडेट 
२०७९ जेष्ठ १०, मंगलवार १४:२८

स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन गर्नुपर्ने भएको छ ।

गाउँ कार्यपालिका तथा नगर कार्यपालिका निर्वाचन निर्देशिका २०७४ अनुसार महिला, दलित र अल्पसङ्ख्यक सदस्यका लागि निर्वाचन गर्नुपर्ने भएको हो ।

निर्वाचनबाट गाउँ कार्यपालिकाको हकमा चार जना महिला सदस्य र दलित वा अल्पसंख्यक पदमा दुई जना सदस्य निर्वाचित गर्नुपर्ने प्रावधान छ ।

नगर कार्यपालिकामा भने पाँच जना महिला सदस्य र दलित वा अल्पसंख्यक पदमा तीन जना सदस्य निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News

Latest News

Trending News