मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कमजोर देखिएको छ ।
प्रदेशको १ सय ३६ स्थानीय तहमध्ये लोसपाले १४ वटा पालिकाको प्रमुख पदमा मात्र जित निकालेका छन् । सिरहा र धनुषामा लोसपा शून्य छ भने सर्लाही र पर्सामा १/१ पालिका मात्र जितेको छ । सबैभन्दा सुदृढ देखिएको महोत्तरीमा पनि अपेक्षानुसार जित्न नसकेको लोसपाका प्रदेश सांसद जयनुल राइन बताउँछन् । महोत्तरीमा लोसपाले पाँच पालिका जितेका छन् । तत्कालीन राजपाले सात स्थान जितेको भन्दै यसपटक २/३ वटा पालिका गुमेको उनको दुखेसो छ । नेकपा एमालेसँग कतिपय ठाउँमा गरिएको चुनावी तालमेलले पनि नतिजा संतोषजनक नभएको उनको बुझाइ छ । त्यस्तै, सप्तरीमा तीन, रौतहट र बारामा २/२ पालिकामा लोसपाले जितेका छन् ।
मधेशमा नेपाली कांग्रेस ४४ स्थानमा जित्दै पहिलो पार्टी बनेको छ । लोसपा मधेशमा पाँचौं शक्ति बनेको छ भने एमाले तेस्रो शक्ति बनेको छ । यसअघिको चुनावमा एमाले पाँचौ पार्टी थियो । पाँच वर्ष पश्चात भएको स्थानीय तह निर्वाचनमा एमालेले आफ्नो छवि सुधार गरेको छ । छविमात्र होइन मधेशमा एमाले सिट संख्या पनि बढेको छ । एमालेले पाँच वर्षको अवधिमा ८ स्थानीय तह थपेको छ । गएको स्थानीय निर्वाचनमा १८ सिट जितेको एमालेले २६ स्थानीय तह जितेको छ । एमालेले सिट बढाउँदा गएको चुनावले चौथो बनाएको शक्ति नेकपा माओवादी केन्द्र भने खुम्चिएको छ । अघिल्लो पटक २१ स्थानीय तह जितेको माओवादी आधा भन्दा कममा खुम्चिएको छ । माओवादीले अहिले सम्म ९ सिट जितेको छ । धनुषामा एक मात्र सिट जितेका छन् भने महोत्तरी शून्य छ । गणना हुन बाँकी रहेको फतुवा विजयपुर नगरपालिकामा अग्रता छ । यहाँ जिते माओवादी १० स्थानीय तहमा सीमित हुनेछ । एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले ५ स्थानीय तहमा जित निकाल्न सफल भएको छ । रौतहटको वृन्दावन नगरपालिकामा पनि नेकपा एस विजयी भएको छ । यो चुनावबाट जनता समाजवादी पार्टीले २४ स्थानीय तहमा जित हासिल गरिसकेको छ ।
जसपा मधेशमा दोस्रो शक्ति अहिले पनि छ ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=O9G8Yeo_V04