जिल्लाको राजदेवी नगरपालिकाको नव निर्वाचित कार्यपालिका सदस्यहरुको शपथ ग्रहण सम्पन्न भएको छ ।
स्थानीय तहको निर्वाचनमा नगर सभाको सदस्यको निर्वाचन पछि भएको कार्यपालिका सदस्यको निर्वाचनमा निर्विरोध निर्वाचित भएका ५ जना महिला र ३ जना पुरुष गरि ८ जनालाइ नगर प्रमुख भिखारी प्रसाद यादवले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । संवैधानिक व्यवस्था अनुसार प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट नगर सभा सदस्यको लागि ४७ जना निर्वाचित हुने र नगर सभामा निर्वाचित भएका मध्ये ५ जना महिला तथा ३ जना अल्पसंख्यक समुदायबाट नगर सभा सदस्यबाट निर्वाचित हुने भएको व्यवस्था अनुसार सम्पन्न भएको कार्यपालिका सदस्यको निर्वाचनमा महिला सदस्यहरुमा लिला देवी , चन्द्रकला देवी राम , अन्जु देवी यादव , निशा देवी , अनिता राय ,अल्पसंख्यक सदस्य पनालाल महतो , सन्दिप राज राजबंसी र राजकुमार साह कलवार निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन पश्चात नगरपालिकाको १९ सदसीय कार्यपालिका बोर्डले पूर्णता पाएको निर्वाचन अधिकृत राम विनय कुमार सिंहले जानकारी दिएका छन् । कार्यपालिकाले बैधानिक रुपमा पूर्णता पाए पछि नगरपालिकाको कार्यहरु अघि बढाइने नगर प्रमुख यादवले बताए । सपथ ग्रहण कार्यक्रममा निर्वाचन अधिकृत सिंह , सहायक निर्वाचन अधिकृत ओम प्रकाश यादव ,लगायत निर्वाचित वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

