अपडेट 
२०७९ जेष्ठ ११, बुधबार १४:१८

भारतले चिनी निर्यातमा रोक लगाएको छ । आन्तरिक बजारमा चिनीको भाउ बढेकोले यसलाई रोक्न भन्दै भारतले जुन १ देखि अक्टोबर ३१ तारिखसम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विदेशमा चिनी निर्यातमा रोक लगाएपछि देशभित्रको भाउ नियन्त्रण हुने सरकारको अपेक्षा छ । विदेश व्यापार निर्देशनालयले विज्ञप्ति निकालेर देशभित्रको समस्यालाई मध्यनजर गरेर निर्यातमा रोक लगाइएको जनाएको छ । तर चिनी तथा खाद्य वितरण महानिर्देशनालयको विशेष अनुमति लिएर भने चिनीको निर्यात अनुमति दिन सकिने समाचारमा उल्लेख छ ।

अमेरिका र बेलायतमा भने चिनी निर्यातमा बन्देज लगाइएको छैन । नेपालमा वार्षिक साढे तीन लाख मेट्रिक टन चिनीको माग हुँदै आएकोमा अधिकतम एक लाख ५० हजार मेट्रिक टन मात्रै उत्पादन हुँदै आएको छ । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपालमा पनि समस्या हुने देखिएको छ । पछिल्ला केही वर्षयता नेपालमा औसतमा वार्षिक आठ अर्ब रुपैयाँको चिनी आयात हुँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News