प्रदेशसभा सदस्य पदबाट राजिनामा दिएका शेखअवुल कलाम अजाद स्थानीय चुनावमा पराजित भएका छन् ।
गढीमाई नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार श्याम प्रसाद यादवले उनलाई ५५८ मतले पराजित गरेका छन् । यादवले आठ हजार ६३१ मत ल्याए भने पराजित अजाद आठ हजार ७३ मत ल्याए । कलाम जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका थिए । दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो । दुबै उम्मेदवारले आठ अजार भन्दा बढी मत ल्याए पनि अन्य दलका उम्मेदवारले एक हजार मत पनि ल्याउन सकेका छैनन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार रामाकान्त राय यादवले ९३३ मत मात्रै ल्याए । नेकपा एमालेका संदीप कुमार साह ६९९, लोकतानित्र समाजवादी पार्टी (लोसपा)का अवधलाल राय यादव २५१ र जनमत पार्टीका विवेकानन्द साह १४५ मत मात्र ल्याएका थिए । यसअघि ०७४ को स्थानीय निर्वाचनमा पनि उनी पराजित भएका थिए । त्यसपछि रौतहट निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेशसभा निर्वाचनमा उनी स्वतन्त्र निर्वाचित थिए । पछि उनी जसपामा प्रवेश गरेका थिए ।