२०७९ जेष्ठ १२, बिहीबार ०७:३०

पत्रकारको सुरक्षाका लागि सञ्चार निर्देशिका बन्न लागेको छ । कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहार रोकथाम तथा उन्मूलन सम्बन्धी सञ्चार निर्देशिका बन्न लागेको हो ।

मिडिया एड् भोकेसी ग्रुप (म्याग)ले सोलडारिटी सेन्टरको सहयोगमा निर्देशिका बनाउन लागेका छन् । निर्देशिकाको मस्यौदासहित सरोकारवाला निकाय सातै प्रदेशमा गएर सुझाब संकलन गरिरहेका छन् । यस क्रममा बुधबार जनकपुरधाममा पनि सुझाब तथा निर्देशिकामा भएको व्यवस्था बारे अन्तरक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितालाई थप मर्यादित र विश्वसनीय बनाउन यसप्रकारको निर्देशिकाले मद्दत पुग्ने बताए । पत्रकारितामा महिलाको सम्मानजनक उपस्थिति हुनुपर्नेमा जोड दिँदै सुरक्षाको सवालमा मिडिया हाउसले ध्यान दिनुपर्ने र सञ्चारमाध्यमलाई बढी जिम्मेवार एवं जवाफदेही बनाउन उनले जोड दिए । गोपनियताको विषयलाई पत्रकारले ख्याल राखी सामाजिक सञ्जाल तथा समाचार बनाउन आग्रह गर्दे उनले कार्यस्थलमा महिलाको मर्यादा, सामाजिक इज्जतमा आँच पुग्ने कार्यको निर्मूल गर्नतर्फ पनि ध्यान दिनु जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष डा. महेन्द्र विष्टले सुरक्षा चुनौती जटिल बन्दै गएको भन्दै पत्रकारलाई कुनै प्रकारको भेदभाव, हिंसा, धाक धम्की आएमा गुनासो गर्ने व्यवस्था र तरिका बारे उल्लेख गरेका थिए । नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको कार्यक्रममा म्यागका निर्देशक बबिता बस्नेत, कार्यक्रममा सोलडारिटी सेन्टरका प्रतिनिधि कृष्मा शर्मा, मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव लगायतका स्थानीय पत्रकारहरुको उपस्थिति थियो ।

Comment


Related News

Latest News

Trending News