राष्ट्रियसभाका सदस्यहरुले आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनीहरुले कार्यक्रममा रहेका वित्तीय अनुशासन लगाएतका अन्य बिषय कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । बैठकमा कांग्रेसका सांसदकमलादेवी पन्तले सरकारको नीति तथा कार्यक्रममा स्पष्ट गन्तव्य रहेको भन्दै कार्यान्वयनमा जोड दिनुभयो । उहाले २०८३ सम्ममा मुलुकलाई कति कम बिकसितबाट स्तरन्नोति गर्ने बिषय सकारात्मक रहेको बताउनुभयो । दिगो बिकासका लक्ष्य प्राप्ती गर्ने र मध्यम आय भएका मुलुकमा पुराउने सरकारको लक्ष्य कार्यान्वयन हुनुपर्ने उहाको भनाई छ ।
छलफलमा भाग लिदै एमाले सांसद देवेन्द्र दाहालले नीति तथा कार्यक्रम झुटको खेती भएको आरोप लगाउनुभयो । नीति तथा कार्यक्रम चिट चोर्न नजान्ने विद्यार्थीको उत्तरपुस्तिका जस्तो रहेको उहाको भनाई छ ।
नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले नीति तथा कार्यक्रम २०८७ भित्र दिगो विकासको लक्ष्य हासिल गर्ने, आर्थिक वृद्धि, रोजगारीको प्रमुख बाहक भएको बताउनुभयो । उहाले सङ्क्रमणकालीन न्यायका बाँकी कामलाई निष्कर्षमा पु¥याउनेजस्ता सरकारका राम्रा कार्यक्रम रहेको बताउनुभयो ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) डा बेदुराम भुसालले नीति तथा कार्यक्रम वस्तुगत धरातलमा आधारित भएर आए पनि कतिपय नकारात्मक पक्षहरु पनि भएको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थ कटौती गर्न विद्युत्को उपयोगमा वृद्धि गर्ने खालको कार्यक्रम नआएको बताउनुभयो ।
छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्र्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते शुक्रबार ११ बजे बस्नेछ ।