धनुषाको सबैला नगरपालिकाले किसानलाई राहत हुने निर्णय गरेको छ ।
विहीबार नगर प्रमुख कारीराम यादवले पदभार ग्रहण गर्दै किसानले सिचाईको लागि खपत गरेको विद्युत महसुलको रकम पालिकाले तिर्ने निर्णय गरेका छन् । सबैला नगर क्षेत्र भित्र जडान भएको कृषि मिटरले कृषकहरुले कृषि उपजको लागि खपत गरेको बिजुलीको बिल सबैला नगरपालिकाले ब्यहोर्ने,’ निर्णयमा उल्लेख गरिएको छ । यस्तै शहीद तथा बेपत्ता परिवारहरु लक्षित पनि कार्यक्रम ल्याउने निर्णय गरेको हो । पालिकामा शहीद परिवारको जीविकोपार्जनका लागि सीपमूलक तालिमको ब्यबस्था गर्ने बताइएको छ । सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराउने,स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत ब्यबस्था गरी तुरुन्त आकस्मिक सेवा संचालन गर्ने जनाइएको छ । नगरका मधुमेह र उच्च रक्तचापका बिमारीहरुलाई नि ःशुल्क औषधि दिइने पनि निर्णय गरिएको छ ।

