
नेपाली कांग्रेसले गरेको सर्कुलर विपरीत उम्मेदवारी दिएका जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहलाई सहयोग गर्नेहरुलाई पार्टीवाट निष्काशन नगरी केन्द्रीय नेता नै अनुशासनहीनता प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले गत बैशाख १६ गते जारी गरेको प्रेस विज्ञप्तिमा विद्रोही उम्मेदवार, निजको प्रस्ताव र समर्थक पार्टीवाट स्वतः निष्काशित हुने सम्वन्धमा भनिएको छ–‘वैशाख ३० गते सम्पन्न हुन गई रहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समयमा उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ । तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) धारा ४(१३)(ग) बमोजिम समाप्त भई पार्टीवाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराईन्छ ।’ तर, जनकपुरधाममा नेपाली कांग्रेसका नगर सभापतिलेनै पार्टीको साधारण सदस्यवाट समेत राजिनामा दिई उम्मेदवारी दिएको घोषणा गरेका थिए । निर्वाचन सकिन लगतै निकालिएको बिजयी जुलुसमा निर्वाचित प्रमुख साह नेपाली कांग्रेसकै व्यानरमा सहभागी भएका थिए भने शपथ ग्रहण कार्यक्रममा पार्टीका पूर्व उप–सभापति विमलेन्द्र निधिनै प्रमुख अतिथि बनेका थिए ।
पार्टीले सर्कुलर गरेको अनुसार निष्काशन भई सकेकालाई अनुशासन विरुद्धको कारवाही गर्ने भनिएपनि नेता निधिले पनि पार्टीको सर्कुलर मान्न भने तयार देखिएका छैनन् । नेपाली कांग्रेसले सर्कुलर गरेको विपरीत उनी कुन आधारमा शपत ग्रहण कार्यक्रममा सहभागी भए भनेर नेपाली कांग्रेस भित्रमानै अनुशासन सम्वन्धी छलफल चलेको छ । उनीनै अनुशासन मान्न तयार भएन भने अन्य नेता कार्यकर्ता कसरी अनुशासन मान्ने भने विषय कांग्रेस भित्र गहन रुपमा चर्चा चलेको छ । नेता निधिले उप–महानगरपालिकामा रहेका पार्टीका संगठन संरचनालाई समेत परिचालन गरी गठबन्धन विरुद्ध उतारेका थिए । उनी प्रत्यक्ष रुपमानै पार्टीका नेता कार्यकर्ता संग भेटघाट गरी गठबन्धनका उम्मेदवार विरुद्ध कांग्रेसीहरुलाई परिचालन गरेको गठबन्धनका नेताहरुको आरोप छ । पार्टीले बागी उम्मेदवारलाई सहयोग गर्ने समेत पार्टीवाट स्वतः निष्काशन हुने गरेको सर्कुलर अनुसार उनी पनि निष्काशित हुनु पर्ने गठबन्धनका नेता कार्यकर्ताहरुको भनाई छ ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=O9G8Yeo_V04