धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका नव निर्वाचित उपमेयर,वडाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शुक्रवार नगरपालिकाले आयोजना गरेको शपथ ग्रहण समारोहमा नव निर्वाचित मेयर जीत नारायण यादवले उपमेयर तुलसा कुमारी पाण्डे सहितलाई शपथ गराएका छन् । शुक्रवार नै उनीहरुले पदभार समेत ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मेयर यादवले एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय गरेका छन् । एम्बुलेन्सको अभावमा नगरवासीलाई स्वास्थ्य उपचारमा समस्या हुने गरेकोले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको मेयर यादवले बताए । नगरपालिकाको विकास तथा नगरवासीको सेवामा आपूm सदैव तत्पर रहने उनले प्रतिवद्धता समेत व्यक्त गरे । त्यसैगरी, शुक्रवार नै पदभार ग्रहण गरेकी उपमेयर तुलसा कुमारी पाण्डेले विगतमा प्रभावकारी हुन नसकेका न्यायिक समितिलाई प्रभावकारी बनाउने बताइन । नगरभित्र रहेका गर्भवती महिलाको स्वास्थ्य सेवा तथा नगरभित्र उपचारका लागि निःशुल्क रुपमा एम्बुलेन्स सेवा दिने बताइन ।