अपडेट 
२०७९ जेष्ठ १४, शनिबार ०७:२८

जनकपुरधाममा कानून व्यवसायी परिषद् मधेश प्रदेशको कार्यालयको उद्घाटन भएको छ ।

शुक्रबार उच्च अदालत जनकपुरका न्यायाधीश विनोद शर्माले कार्यालय उद्घाटन गरेका हुन् । कानून व्यवसायीहरुलाई निगरानी र दक्षता बढाउन शुक्रबार कार्यालय उद्घाटन भएको हो । कानून आएको २८ वर्षपछि प्रदेश कार्यालय स्थापना भएको छ । संस्थाले प्रदेशको कानून व्यवसायीको हकहित, बेथिति अनुगमन र दक्षता अभिवृद्धि गर्ने जनाइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यायाधीश शर्माले ढिलो भए पनि राम्रो कार्यको शुभारम्भ भएको बताए । बन्द समाज, वाक स्वतन्त्रविरुद्ध बोल्ने आट र सरकार प्रमुखको ध्यान नपुग्दा कार्यालय स्थापनामा ढिलाई भएको उनले स्वीकार गरे । क्षेत्रीय कार्यालय स्थापना गर्न २०५१ सालमै ऐनमा व्यवस्था गरिएको उनले जानकारी दिए । अव कार्यालय स्थापना भएपछि कानून व्यवसायीको अनुगमन, नयाँलाई परीक्षा र तालिमहरु दिने काम यहाँबाट हुने जनाइएको छ । कानून व्यवसायीहरु प्रविधि, विकासमा अगाडि र नैतिकबान हुनु पर्नेमा उनले जोड दिए ।

समाज अनुसार कानून व्यवसायी अझ अगाडि हुनु पर्ने उनको भनाई थियो । नयाँ अधिवक्ताहरुको लागि कार्यालयका पदाधिकारीले समन्वय गर्न उनले सुझाए । ‘शैक्षिक संस्थासँग पनि समनव्य गर्नुस् । अव सुरुवाती समयदेखि नै कानून पढेको यस क्षेत्रमा आउनु पर्छ’ उनले भने–‘सरकार पनि यस क्षेत्रमा सुधार गर्ने योजना ल्याउँदै छन् । हामीहरुले साथ दिनु पर्छ ।’ कार्यक्रमा बोल्दै आयोजक संस्थाका पार्षद् श्याम कुमार मिश्रले वरिष्ठदेखि कनिष्ठलाई छुट्टाछुटै तालिम दिने प्रतिबद्धता व्यक्त गरे । दक्षता अभिवृद्धि गर्न कार्यालयमा आर्थिक अभाव भएको उनको गुनासो थियो । मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा बार एशोसिएसन धनुषाका अध्यक्ष किशोरी साह, जिल्ला अदालतका न्यायाधीश तथा कानून व्यवसायीहरु, उच्च अदालतका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News

सोमंबुबिशु