जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई बनाएपछि शपथ ग्रहण वहिष्कार गरेका एमालेका जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन् ।
शुक्रबार नेकपा एमालेका जनकपुरधाम नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रमुख अतिथि बनाएपछि उनीहरुले शपथ ग्रहण गरेका छन् । िव ह ी ब ा र आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य निधिलाई बनाएपछि एमाले निकट ३६ जनप्रतिनिधिले कार्यक्रम बहिष्कार गरेका थिए । जनकपुरधाम उप– महानगरपालिकाको वडा नम्बर ५,८,१२,१८,१९,२० र २४ वडाध्यक्ष र २८ जना सदस्यहरुले सपथ कार्यक्रम बहिष्कार गरेका थिए । बिहीबारको शपथ ग्रहण कार्यक्रममा सरकारको मन्त्री नबोलाएर कुनै दल विशेषको नेता बोलाएको भन्दै कार्यक्रम बहिष्कार गरेका एमालेका जनप्रतिनिधिहरुले शुक्रबार आफ्नै पार्टीका नगर कमिटीका अध्यक्षको उपस्थितिमा मेयर मनोज साह द्वारा सपथ ग्रहण गरेका छन् ।



