जनकपुरधाममा प्रदेशको तेस्रो र देशको १८ औं शाखाको रूपमा मानवसेवा आश्रम स्थापित भएको छ ।
आश्रमको संस्थापक रामजी अधिकारीको अध्यक्षतामा शनिबार आयोजित एक समारोहका बिच मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मानवसेवा आश्रमको औपचारिक रूपमा समुदघाटन गनर्् भएको छ । देशभरिका सडक छेउछामा भट्किदै हिड्ने र सडकमै रात बिताउन बाध्य रहेका गरिव,असहाय र रोगीहरुको सहयोगका लागि मानव सेवा गर्ने मुख्य उदेश्यका साथ मानव सेवा आश्रमले जनकपुरधाममा पनि स्थापना गरेकोमा आफू हर्षित भएको र आश्रमको सहयोगका लागि प्रदेश सरकार पनि तत्पर रह्ने प्रदेश प्रमुख मिश्रले बताए ।
आश्रमको समुदघाटन समारोहमा प्रदेश सरकारका भौतिक पुर्वाधार यातायात मन्त्री रामसरोज यादव, प्रदेश सांसद रामअशिष यादव, बरिष्ट हास्य कलाकार मनोज गजुरेल, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, समाजसेवी पवन सिंघानिया, मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी लगायतका व्यक्तिहरुले शुभकामना मन्तब्य रख्दै जनकपुरधाममा स्थापित आश्रमलाई आआफ्ने तर्फबार सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।