२०७९ जेष्ठ १५, आईतवार ०८:४६

जेसीज माध्यमिक आवासीय विद्यालयले मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवलाई स्वागत तथा सम्मान गरेको छ ।

विद्यालयले एक समारोहको आयोजना गरी विद्यालयका प्राधानाध्यापक भोला भट्टले मेयर यादवलाई विद्यालयको तर्फबाट पूmलको माला तथा खाँदा ओढाएर स्वागत गर्दै सम्मान पत्र प्रदान गरी सम्मान गरेका छन् । प्रअ भट्टसँगै विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक, शिक्षिका लगायत अन्य सबै कर्मचारीहरुले पनि मेयर यादवलाई पूmलको माला र टीका लगाएर सम्मान गरेका छन् । यसै अवसरमा जेसीज मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राजश्री को–सोसाइटीका अध्यक्ष एवं नेपाल परिवार नियोजन संघका निवर्तमान सभापति समेत रहेका नवनिर्वाचित मेयर यादवले वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध ब्यक्तिहरु तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

Comment

Related News