अपडेट 
२०७९ जेष्ठ १५, आईतवार १७:०८

सरकारले हवाई पूर्वाधार निर्माणका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट मार्फत आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने व्यवस्था मिलाउने लगाएतका कार्यक्रमका लागि उक्त रकम बिजियोजन गरिएको जानकारी दिनुभयो । कोभिडबाट प्रभावित होटल व्यवसायलाई इजाजत र नवीकरण दस्तुर छुट दिइने उहाले बताउनुभयो । त्यस्तै उहाले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने बताउनुभयो भने गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने बताउनुभयो ।

त्यस्तै भूमि व्यवस्था सहकारी मन्त्रालयका लागि ७ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरिएको उहाले बताउनुभयो । घर जग्गा मूल्यांकन प्रणलीलाई व्यवहारिक बनाई एकीकृत घरजग्गा मूल्यांकन प्रणाली विकास गरिने उहाले जानकारी दिनुभयो ।

त्यस्तै ३०० स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा दिइने उहाले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News