अपडेट 
२०७९ जेष्ठ १५, आईतवार १७:२९

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन गरेको छ ।

शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्व १ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । उहाले प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन गरिएको बताउनुभयो । आगामी आर्थिक वर्षमा कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिने र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १ हजार २०० विद्यालयका लागि प्राविधिक भवन बनाइने उहाले बताउनुभयो ।

उहाले डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News