अपडेट 
२०७९ जेष्ठ १५, आईतवार १७:४२

सरकारले आगामी आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलका लागि २ अर्व ४६ करोड बिनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट सदनमा पेश गर्दै उक्त रकम छुट्टाइएको जानकारी दिनुभएको हो । उहाले खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । मूलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने र कीर्तिपुरमा रात्रीकालीन खेल खेल्न मिल्ने बनाइने उहाले बताउनुभयो । त्यस्तै उहाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीको बिमा गरिने जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको पनि उहाले बताउनुभयो ।

उहाले बिद्यालयतहबाटै खेलको बिकासका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News