२०७९ जेष्ठ १६, सोमबार ०७:२३

गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा खटिएका सर्लाही जिल्लाका चारजना सुरक्षा निकायका प्रमुखहरुलाई प्रमुख जिल्ला अधिकारीले सम्मान गरेका छन् ।

स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सफल गर्न अथक योगदान र परिश्रम गरेको भन्दै जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखलाई प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले प्रशंसा पत्र प्रदान गरेर सम्मानित गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । छिटपुट घटना बाहेक समग्रमा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएकोमा सबै राजनीतिक दल, उम्मेदवारहरु, मतदाताहरु, निर्वाचन प्रक्रियामा संलग्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत, सबै राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मी, संचारकर्मी लगायत सरोकारवाला सबैलाई प्रजिअ अगौतमले धन्यवाद समेत दिएका छन् ।

Comment

Related News

Latest News

Trending News