अपडेट 
२०७९ जेष्ठ १६, सोमबार ०७:२८

जीतपुरसिमरा उपमहानगरपालिकाको आठ जना कार्यपालिका सदस्यकोलागि भएको निर्वाचनमा नेकपा एमालेले आठ वटै पदमा बिजयी हासिल गरेको छ ।

दलित तथा अल्पसंख्यक समूहमा वडा नं.४ को अर्जुन बि.क.,वडा नं.२१ को प्रहलाद साह सोनार र वडा नं.१८ का प्रभावती देबी पासवान बिजयी भएका हुन् । त्यस्तै महिला सदस्यमा वडा नं.६ का बुद्ध कुमारी अधिकारी ,वडा नं.१६ का पबित्र माया कार्की ,वडा नं.२१ का सुकुमाया कुमारी, वडा नं.१४ का रामपती थरुनी र वडा नं.२० का माया देबी चौधरी बिजयी भएकी छन् । जीतपुर सिमरा उपमहानगरपालिकाको नगर सभामा १२२ जना सदस्य रहेका छन् । जसमा एमालेको एक्लै ६९ जना, कांग्रेसका २४ जना, माओवादी केन्द्रका १९ जना, लोसपा नेपालका ६ जना र एकीकृत समाजवादीको ४ जना नगर सभा सदस्य रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेले उप–प्रमुख सहित १३ वटा वडा अध्यक्ष पद जितेका छन् । ज ी त प ु र िस म र ा उपमहानगरपालिकाको ३४ सदस्यीय कार्यपालिकामा नेकपा एमालेको एक्लै २१ जना सदस्य रहेका छन् । उपमहानगरपालिकाको प्रमुख पदमा भने नेकपा माओवादी केन्द्रका राजन पौडेलले जितेका छन् ।

Comment


Related News

Latest News

Trending News