अपडेट 
२०७९ जेष्ठ १६, सोमबार १२:१७

नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु हुनेमध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ ।

प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन ।

नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ ।

विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका-२ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो ।

मृत्यु भएकाहरुको लास काठमाडौं ल्याइने

तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ । मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् ।

ती शवलाई काठमाडौं ल्याउने र आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणका बोर्ड सदस्य एवम् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् ।

१९ यात्रु र चालक दलका ३ सदस्यसहित आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी जहाज सम्पर्कविहीन भएको थियो । खोजी गर्दै जाँदा आज बिहान १४ हजार ५०० फिट इचाइमा जहाज दुर्घटना भएको अवस्थामा फेला परेको थियो ।

जहाज र शव छरिएको अवस्थामा फेला परेको दुर्घटनास्थलमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताए । शव नजलेको र चिनिने अवस्थामा रहेको पनि उनले बताए ।

नाइन एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् । क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाजमा कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

 

Comment


Related News

Latest News

Trending News