२०७९ जेष्ठ १६, सोमबार १६:४७

मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर  विमान दुर्घटनामा परेर ज्यान गुमाएका २१ जनाको शव भेटिएको छ ।

थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको मुस्ताङका डीएसपी रामकुमार दानीले बताए ।

विमानमा सवार १ जनाको अवस्था अज्ञात छ । शव थासाङ गाउँपालिका–२ कोबाङ्गमा केन्द्रित गरेर सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

पहिलो चरणमा १० वटा शव लिएर हेलिकप्टर काठमाडौंको लागी टेकअफ भएको डीएसपी दानीले जानकारी दिए ।

विमानमा सवार १ जनाको दुर्घटनास्थलमा सुरक्षाकर्मीहरुले खोजी गरिरहेका छन् ।

 

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News