पाँच दलिय सत्ता गठबन्धनले जिल्ला समन्वय समिति र कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सम्बद्ध पार्टीहरुबिच सहमति कायम गरी कार्यपालिका र जिससको निर्वाचनमा अगाडि बढ्न निर्देशन दिने निर्णय गरेको हो । अव सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाकी रहेका पालीकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनको बीचमा सहमति गर्दै अगाडी बढ्न र आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय भएको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा स्थानीय तहको निवार्चनको समिक्षा भएको र सवै नेताहरुले परिणामलाई सन्तोषजनक रुपमा लिएको बताएको जानकारी दिनुभयो । आगामी दिनमा राजनीतिक स्थीरता र बिकास तथा समृद्धिमा गठबन्धनको आवश्यकता रहेको र त्यसअनुसार अघि बढेर जाने सहमति भएको उहाले बताउनुभयो ।
उहाले संघ र प्रदेशको निर्वाचन निर्धारित समयमा नै हुने र गठबन्धन कायमै रहने दावी गर्नुभयो ।

