नेपाली कांग्रेसका पूर्व उप–सभापति तथा धनुषा जिल्लाका प्रभावशाली नेता विमलेन्द्र निधिलाई जोडको झटका लागेको छ ।
जनकपुरधाम उप–महानगरपालिकाको स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारको विरुद्धमा खुलेर नै स्वतन्त्र उम्मेदवारको पक्षमा उभेका निधिलाई थप एक झटका लागेको छ । उप–महानगरपालिकाको निर्वाचन समितिले कार्यपालिका सदस्यको निर्वाचन आगामी २० गते गर्ने र त्यसकालागि मंगलबार मनोनयन दर्ता गराइएको छ । सो मनोनयनमा विमलेन्द्र गुटवाट राकेश विक्रम साह, छेदी राउत र राजकुमार पुर्वेको नाम मनोनयन दर्ता गराएका थिए । तर, पार्टीले राकेश विक्रम साह, पंकज महतो र राम प्रवेश बैठालाई आधिकारिक उम्मेदवार बनाई पठाएका छन् । ८ जना कार्यपालिका सदस्यकालागि हुने निर्वाचनमा ३ जना पुरुष र ५ जना महिला राखिने व्यवस्था छ । महिलामा शैलदेवी चौधरी, सञ्जु देवी, पूmलकुमारी देवी, मनिषा देवी र शारदा पन्तले नेपाली कांग्रेसको तर्फवाट मनोनयन दर्ता गराएकी छन् । मेयर र उप–मेयर गरी कुल १ सय २७ जना सदस्य रहेको जनकपुरधाम उप– महानगरपालिकामा कांग्रेस बागी र आधिकारिक मिलाएर ६९ जना सदस्य छन् जो बहुमत पुग्छ । नेकपा एमालेको ३८ सदस्य छन् । गणितीय हिसावले बोर्डमा ८ वटै सदस्य कांग्रेसकै हुने देखिए पनि पार्टीको आधिकारिक र बागीको खेल अहिले सम्म चल्ने भएकाले भोलीका दिनमा के हुन्छ त्यो हेर्ने लायक हुने छ ।
निधि पटक–पटक पार्टीको नीति विपरीत गई रहेका छन् जव कि पार्टीको निर्णय विपरीत जाने स्वतः पार्टीको साधारण सदस्य नरहने गत बैशाख १६ गतेनै सचेत गराई सकिएको छ । गत बैशाख १६ गते पार्टीले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिई पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न भनिएपनि पार्टीका जनकपुरधाम उप–महानगर समितिका सभापति मनोजकुमार साहले साधारण सदस्य नरहने गरी राजीनामा दिई मेयर पदमा उम्मेदवारी दिएका थिए । स्रोतका अनुसार मेयर साहलाई निधिले खुलेरनै सहयोग गरेका कारण पार्टीका आधिकारीक गठबन्धनका उम्मेदवार पराजित भएका थिए । निधिले कसको इसारामा पार्टी विपरीतको कार्यहरु गरी रहेका छन् त्यो भने अहिले सम्म अन्योल रहे पनि बिजयी जुलुसमा पार्टीका ठूला नेता र शपथ ग्रहण कार्यक्रममा निधि आफै प्रमुख अतिथि भई समेत सहभागी भएका थिए ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=D0l7A2nTN7s