२०७९ जेष्ठ १८, बुधबार ०७:५०

रौतहटको वृन्दावन नगरपालिकाको नगर कार्यपालिका सदस्यहरुको निर्वाचन मंगलवार शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।

कार्यपालिका सदस्यहरु चयन गर्नकालागि भएको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीका पुरै प्यानल नै निर्वाचित भएका छन् । पाँच जना निर्वाचित वडा सदस्य र तीन जना अल्पसंख्यकहरु गरी ८ जना कार्यपालिका सदस्यहरुको लागि मंगलवार भएको चुनावमा एकीकृत समाजवादी पार्टीबाट निर्वाचनमा भाग लिएका आठैजना निर्वाचित भएका छन् । निर्वाचनमा ५ जना महिला र दलित तथा अल्पसंख्यकबाट तीन जना निर्वाचित भएको सहायक निर्वाचन अधिकृत नागेन्द्र यादवले जानकारी दिएका छन् । महिला सदस्यहरुमा को उम्मेदवारी परेको थियो भने दलित तथा अल्पसंख्यकबाट, रामबाबु साह उम्मेदवारी दिएका थिए ।

निर्वाचनमा वृन्दावन नगर कार्यपालिका सदस्यमा नेकपा एसबाट पाँच जना महिलाहरु कोशिला देवी पटेल, एतवरीया देवी, रामपरी देवी, जहाना खातुन र पुनम देवी निर्वाचित भएकी छन् भने दलित तथा अल्पसंख्यकबाट स्थानीय सञ्चारकर्मी राजेश पासवान, रामबाबु साह र महेश बैठा निर्वाचित भएका छन् । निर्वाचित सबै कार्यपालिका सदस्यहरुलाई निर्वाचन अधिकृतको कार्यालय विश्रामपुरले मंगलवार साँभm निर्वाचित भएको घोष्णा गर्दै प्रमाणपत्र समेत प्रदान गरेको छ । यसैवीच कटहरिया नगरपालिकाको कार्यपालिका सदस्यहरुको पनि निर्वाचन मंगलवार नै सम्पन्न भएको छ । त्यहाँ पनि ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका पुरै प्यानल नै विजयी भएको छ ।

कांग्रेसबाट कार्यपालिका सदस्यहरुमा पाँच जना महिला र तीन जना दलित तथा अल्पसंख्यकबाट निर्वाचित भएका छन् । निर्वाचित हुने महिला सदस्यहरुमा शान्ती कुमारी, शोभा देवी, श्रीपती चमैन, सोनी देवी र बुधिया देवि रहेकी छन् । त्यस्तै दलित तथा अल्पसंख्यकबाट मनोज प्रसाद जयसवाल, दिलिप कुमार साह र जामुन ठाकुर कार्यपालिका सदस्यमा निर्वाचित भएको कटहरियाका निर्वाचन अधिकृत चन्द्रप्रसाद लुइटेलले जानकारी दिएका छन् । निर्वाचित सबै जना सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र समेत हस्तान्तरण गरिएको निर्वाचन अधिकृत लुइटेलले बताए ।

Comment


Related News

Latest News

Trending News