२०७९ जेष्ठ १८, बुधबार १४:३३

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेटमा मधेश प्रदेश पूर्णरूपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आज बुधवारकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले मधेस प्रदेशको लाइफलाइनको रूपमा रहेको हुलाकी राजमार्गमा बजेट थोरै विनियोजन गरेको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न पनि अर्थमन्त्री जनार्दन शर्मालाई दबाब दिनुभयो ।

उहाँले भन्नुभयो,  ‘यो बजेटमा मधेस प्रदेश पूर्णरूपमा ठगिएको छ भन्ने महसुर गरिएको छ । हुलाकी सडकमा थोरै बजेट राखिएको छ । मधेस प्रदेशलाई दिने अनुदान पनि गठबन्धन सरकारले घटाएको छ । यसले गर्दा भाेलि सङ्घीयतामाथि नै खतरा हुन्छ कि भन्नेमा पनि पुनर्विचार होस् ।’

सांसद यादवले बजेटमा कुनै पनि खास योजना मधेस प्रदेशका लागि नछुट्याएकाे भन्दै पुनर्विचार गर्न पनि सरकारसँग माग गर्नुभयो ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News