२०७९ जेष्ठ १८, बुधबार २०:४९

वर्गका महिलाहरुको चौतर्फि बिकासका लागी पर्साको सखुवा प्रसौनी गाउँपालिकाले तालिमको आयोजना गरेको छ ।गाउपालिकाकोे आर्थिक सहयोगमा परिवर्तन अभियानले “पिछडा वर्गका महिलाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम”सखुवा प्रसौनीको वडा नम्बर ६ लखनपुरमा ओयोजना गरिएको हो ।

सखुवा प्रसौनी गाउँपालिकाको उप–प्रमुख शर्मिला विष्ट महतोको प्रमुख अतिथ्यमा बुधबार सम्पन्न उक्त तालिममा वडा अध्यक्ष मुन्ना राउत कमकर, संस्थाका अध्यक्ष मनोज कुमार यादव तथा कोषाध्यक्ष दिनेश्वर प्रसाद साहको विशेष उपस्थिति रहेको थियो ।

तालिममा पिछडा वर्गका महिलाहरुको प्रभावकारी नेतृत्व विकास, राज्यले प्रदान गरेको हक अधिकार, निति निर्माण र निर्णय गर्ने तहमा महिलाहरुको संख्यात्मक र गुणात्मक सहभागिता, महिलाहरुको विकासमा भुमिका, महिला विभेद तथा हिंसा, महिला प्रतिको रुढिवादी सोचमा परिवर्तन, महिलाहरुको विकास कार्यमा सकृय सहभागिता , महिला बाधा अडचन लगायतका संघर्षशिल विषयहरुलाई चिर्दै अगाडि बढनु पर्ने विषयबारे प्रशिक्षण दिईएको थियो ।

तालिममा प्रशिक्षक मनोज वर्णवाल, माधुरी गुप्ता, दिनेश्वर साह र मनोज यादवले प्रशिक्षण दिएका थिए । महिलाहरुको सहभागिता लैंगिक समानता र दिगो तथा न्यायिक विकासको सुचकको रुपमा रहेका महिलाहरुको सक्षम, सवल र सकृय बनाउनु सबैको दायित्व रहको कुरा उप प्रमुख विष्टले बताउनु भएको थियो ।

Comment

Related News

Latest News

Trending News