अपडेट 
२०७९ जेष्ठ १९, बिहीबार ०७:१८

जनकपुरधाम । मधेश प्रदेशमा बजेट खर्च निराशाजनक देखिएको छ । आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी हुँदासमेत सरकारको खर्च न्यून देखिएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधे श्याम गिरीले यही जेठ १५ गते सम्म कुल विनियोजित बजेटको ३१ प्रतिशत मात्र खर्च भएको जानकारी दिए । उनका अनुसार कुल बजेटको दश अर्व ६१ करोड २४ लाख ६२ हजार एक सय ९ खर्च भएको छ । सरकारबाट चालु आर्थिक वर्षमा ३४ अर्ब २२ करोड सात लाख १३ हजार बजेट विनियोजन गरिएको छ । यस्तै, चालु तर्फ कुल विनियोजित बजेटको ४१ प्रतिशत र पँुजीगत तर्फ २२ प्रतिशत बजेट खर्च भएको छ । चालु तर्फको बजेट खर्च संतोषजनक देखिएपनि पुँजीगत अर्थात विकासीय बजेट खर्च झन दयनीय देखिएको छ । पँुजीगत तर्फ सरकारले १९ अर्व १२ करोड १४ लाख सात हजार विनियोजन गरेकोमा चार अर्व २४ करोड ९८ लाख ३८ हजार एक सय ९९ मात्र खर्च भएको कार्यालयले जनाएको छ ।

यस्तै, चालुतर्फ सरकारले १५ अर्व २१ करोड ४८ लाख ६६ हजार बजेट विनियोजन गरेकोमा ६ अर्व ३६ करोड २६ लाख २३ हजार ९ सय १० रुपैयाँ खर्च भएको छ । संघीय सरकारले प्रदेशलाई न्यून बजेट दिएको भन्दै मधेश सरकारले प्रत्येक वर्ष आपत्ती जनाउँदै आएका छन् । तर मधेश सरकारले आफै विनियोजन गरेको बजेट खर्च न्यून देखिदा सरकारको मन्त्रीहरुमाथि प्रश्न उठेको छ ।

सरकारले महत्वाकांक्षी योजना समावेश गरी बजेट ल्याए पनि कार्यान्वयन निकै कमजोर देखिएको छ । सरकारको कार्यान्वयन पक्ष कमजोर हुँदा ६० प्रतिशतभन्दा बढी बजेट फ्रिज हुने सम्भावना बढेको छ । गत आर्थिक वर्षमा पनि सरकारको करिब ४८ प्रतिशत बजेट फ्रिज भएको थियो । यही विषयमा जानकारी लिँन खोज्दा सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले फोन सम्पर्कमा आइरहेका छैनन् ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News