२०७९ जेष्ठ १९, बिहीबार ०८:०३

जनकपुरधाम । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले शान्ति प्रक्रियाको काम समाधानका लागि सरकार तयार रहेको बताएका छन् ।

उनले शान्ति प्रक्रियाको समाधान कार्य चुनौतीपूर्ण भएकाले ढिलाइ भइरहेको स्पष्ट गरे । बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शर्माले नसकिने कुराको पछि लाग्नु व्यर्थ रहेको चर्चा गर्दे सकिने कुरा यदि हो भने सशस्त्र द्वन्द्वका बेला भएको अपराधिक घटना सहितको शान्ति सम्झौतासंग जोडिएका दशकौ पुरानो समस्या समाधानका लागि सबै लचक हुनुपर्ने खाँचौं औल्याए । राष्ट्रपतिको सम्बोधन , अदालतको फैसला , कानून र ऐन तथा बजेट विनियोजन हेर्दा समस्या समाधानका लागि सरकार तयार रहे पनि द्वन्द्वपीडित र सम्बन्धित निकाय यसको पक्षमा छ कि छैन भन्ने प्रश्न पनि उनले गरे । मन्त्री शर्माले संसदबाट नागरिकता विधेयक तत्कालै पारित हुने बताउँदै नेपाली बुवा आमाबाट जन्मेका र अंगीकृत नागरिकहरुका सन्तानलाई नागरिकता मिल्ने धारणा राखे । उनले परम्परादेखि नागरिकता प्राप्त गर्दै आएका देखि नै कुनै पनि किसिमको कटौती नहुने गरी नागरिकता विधेयक पारित हुने विश्वास पनि व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News