२०७९ जेष्ठ १९, बिहीबार ०८:०९

जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशीष यादवले शिक्षा विकास को मूल मन्त्र रहेको कुरा बताएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नं २ औरही गाउँ पालिका वार्ड नं ६ का नवनिर्वाचित वडा अध्यक्ष शंकर प्रसाद साहको पदभार ग्रहण र स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले जर्जर अवस्थामा रहेको सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि जनप्रतिनिधिहरुले पहिलो प्राथमिकतामा राखेर शिक्षा सुधार गर्नुपर्ने कुरा मा जोड दिए । वडा अध्यक्ष शंकर प्रसाद साहले शिक्षा सुधार, कृषि फाटक निर्माण,फुस घर भएका दलित विपन्न वर्गका लागि क्रमशः जस्तापाता को छाना सहित योजनाहरु शीघ्र संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे । औरही गाउँ पालिका वार्ड नं ६ का सचिव अरविन्द यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार यादब, पूर्व वार्ड अध्यक्ष दिलीप साह, प्रहरी नायब निरीक्षक रामलाल यादव सहितका वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News