२०७९ जेष्ठ १९, बिहीबार ०८:१२

जनकपुरधाम ।धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा बुधवार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा एमाले इमानदार हुँदा कांग्रेसलाई तनाव भएको छ ।

गाउँपालिकामा निर्वाचित ३७ जना पदाधिकारी मध्ये एमालेका १९ जना र कांग्रेस– जसपा गठबन्धनको १८ जना सदस्य छन् ।कार्यपालिका सदस्यका लागि कांग्रेस–जसपा गठबन्धन र एमालेले उम्मेदवारी दिएका थिए । चुनावमा जित्न कांग्रेस एमालेको भर परेका थिए ।पालिकाको चुनावमा एमालेलाई सघाएका कांग्रेसले कम्तीमा तीन मत बदर हुने विश्वास गरेका थिए ।एमालेको तीन मत बदर हुँदा कांग्रेस–जसपा गठबन्धन चुनाव जित्ने विश्वास लिएका थिए । तर कांग्रेसको विश्वासलाई ध्वस्त बनाउँदै एमालेका सबै सदस्यले इमानदारीपूर्वक मतदान गरेकाले एकलौटी रुपमा ६ जना नै एमालेका निर्वाचित भएका छन् । निर्वाचत हुनेहरुमा रिखो देवी मण्डल, कोशिला देवी, श्यामो देवी दास, संगीता साह, कुसुम देवी साह र प्रमोद साह छन् ।वडा नम्बर ४ का प्रमोद साह वडा अध्यक्षको चुनाव हारेका थिए । उनलाई कार्यपालिका सदस्य बनाएर बोर्डमा ल्याइएको छ ।

गाउँपालिकाको १५ सदस्यीय बोर्डमा एमालेको ११ जना भएका छन् ।कांग्रेसको अध्यक्ष/उपाध्यक्ष सहित तीन जना र जसपाको एकजना रहेका छन् ।बोर्डमा एमालेको भारी बहुमत भएकाले कांग्रेसलाई तनाव भएको छ ।एमालेतिर जसपा सल्किए बोर्डमा कांग्रेस विरुद्ध तीन तिहाई पुग्नेछ ।दुई तिहाई बढी सदस्य रहेका एमालेले पालिकालाई नियन्त्रणमा लिन सक्ने संभावना व्याप्त छ । विकास निर्माणको काममा दलगत भावनालाई त्यागेर सबै एकजुटताका साथ अगाडि बढने गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले जनाए ।‘पालिकाको समग्र विकासमा सबैले राजनीतिक स्वार्थ भन्दा माथि उठनुपर्छ’ उनले भने, विकासमा राजनीति भए गाउँपालिका पछाडि पर्न सक्छ । अध्यक्ष मिश्र तत्कालीन लक्ष्मीपुर बगेबा गाविसका उपाध्यक्ष र अध्यक्ष भएर सञ्चालन गरिसकेका छन् ।

Comment


Related News