अपडेट 
२०७९ जेष्ठ १९, बिहीबार ०८:२३

राजविराज । कुटपिट मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादी १७ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कुटपिट मुद्दामा अदालतबाट १७ वर्ष अघि कैद सजाय तोकी फरार रहेका सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी ४२ वर्षीय लाल देव यादव बुधवार पक्राउ परेका छन् । घरमै लुकि छिपि बसेको गोप्य सुचनाको आधारमा पुृगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । दीपेन्द्र कुमार यादवको जाहेरीले बादी नेपाल सरकार तथा प्रतिवादी लालदेव यादव रहेको उक्त कुटपिट मुद्दामा सप्तरी जिल्ला अदालतले २०६१ साल असार १० गते ३ महिना कैद र ७ सय २५ रुपेैया जरिवानाको फैसला गरेको थियो । तत्कालीन पुनरावेदन अदालत राजविराजले पनि २०६४ साल असार ४ गते सुनुवाई गर्दै उक्त फैसला सदर गरेको थियो । पक्राउ परेका यादवलाई बुधवार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरीएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News