अपडेट 
२०७९ जेष्ठ १९, बिहीबार १२:२३

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । बुधबार ३ हजार ७१२ नयाँ संक्रमित भेटिएका छन् ।

यस्तै यो अवधिमा कोरोनाका २ हजार ५८४ बिरामी निको पनि भएका छन् ।

स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडा अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ भएको छ ।

भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख २० हजार ३९४ बिरामी निको भइसकेका छन् । यस्तै दैनिक संक्रमण दर पनि ०.८४ प्रतिशत भएको छ ।

Comment


Related News

Latest News

Trending News