अपडेट 
२०७९ जेष्ठ २०, शुक्रबार ०६:५७

भारतको जयनगरबाट जनकपुर तर्फ आउन लागेको दिउँसोको रेल ठूलो दूर्घटना हुनबाट जोगिएको छ ।भारतको जयनगरबाट बिहिवार दिउँसो सवा ३ बजे रेल छुट्टे लगतै एउटा बोगीमा धुँवा भएको थियो ।धुँवा भएको बोगीमा पाँच किलो ग्यास अँट्ने चुल्हो सहितको ग्यास सिलिण्डर समेत रहेको थियो ।रेलवे सय मिटर गुडे लगतै रेलको टीसीजी १९०२ नम्बरको डब्बाबाट धुँवा निस्केको थियो । यात्रु बस्ने सिट माथि लगेज राख्ने ठाउँबाट तल तरल पदार्थ चुहिएर धुँवा निस्केको रेलवेमा सवार यात्रुहरुले जनाए ।प्रहरी र रेलवे कर्मचारीहरुको अनुसार माथि लुकाएर राखिएको एसिड चुहिएर धुँवा भएको थियो ।तर तत्कालै रेलवे पोलिस फोर्स (आरपीएफ) र रेलवेका कर्मचारीहरुले आगोलाई नियन्त्रणमा लिएका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ४० वर्षिया कलिना खातुनको ढाडमा एसिड खसेर घाइते भएको सशस्त्र प्रहरी बल बीओपी इनर्वाका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर श्रेष्ठले जनाए ।

आरपीएफले नियन्त्रणमा लिएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था बस्ने ५५ वर्षिया रतन खत्बे र धनुषाकै हँसपुर नगरपालिका वडा नम्बर २ बघचौडा बस्ने ३२ वर्षिया परम खत्वेलाई सशस्त्र प्रहरीको बीओपी इनर्वालाई बिहिवार साँझ नै सुपुर्द गरेको छ ।उनीहरु दुबै आमाछोरी हुन् । सशस्त्र प्रहरी बल धनुषाका एसपी प्रकाश कुमार सुवेदीले जनाए अनुसार पक्राउ गरिएको दुबै महिलालाई नेपाल रेलवेलाई जिम्मा लगाइएको छ ।रेलवेले आवश्यक अनुसन्धान र कार्वाहीका लागि नेपाल प्रहरीलाई राती करिब साढे ९ बजे बुझाएको बताइएको छ । पक्राउ परेकी रतन खत्बेका पति ५७ वर्षिय गुलमान खत्बे भने फरार छन् । उनी एसिड सहित फरार भएको आशंका गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महिलाले बोकेको पाँच किलोको चुल्हो सहितको सिलिण्डरको बिक्री बितरण प्रतिबन्धित रहेको छ ।एसिडको बिक्री र खरिद दुबैको खरिद बिक्रीमा विशेष निगरानी राखिएको छ ।

Please subscribe our official youtube channel and support us.

Comment


Related News