सर्वोच्च अदालतले निजगढ विमान स्थल निर्माण विषयमा गरेको फैसलाप्रति मधेश प्रदेशका सांसदहरुले आपत्ती जनाएका छन् ।
विहीबार प्रदेशसभाको बैठकमा सांसदहरुले अदालतको फैसलाप्रति असन्तुष्टी जनाउँदै निजगढ विमान स्थल बन्नु पर्ने जोड दिएका हुन् । लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले निजगढ विमान स्थल मधेशको आर्थिक, रोजगार, पर्यटन, गौरव र पहिचानसंग जोडिएको हुनाले निर्माण हुने पर्ने बताए । अदालतले मधेशको भावना विपरीत निर्णय गरेको उनको ठहर छ । ‘चुरेमा बाटो बन्दा जंगल फडानी हुँदैनन, चुरे उजाडिँदैन्,’उनले भने,‘विमान स्थल बनाउँदा चुरे मासिन्छ । यो मधेशसँग भएको विभेद हो । त्यसकारण प्रदेश सरकार यस्ता विभेदको विषयमा चुप लागेर हुँदैनन् ।’ प्रदेश सरकारलाई यस विषयमा विकल्प खोज्नू पर्ने उनले सुझाए । प्रदेश प्रहरी ऐन कार्यानव्यनको लागि ल्याइएको संकल्प प्रस्ताव जस्तै यसको लागि पनि कुनै प्रस्ताव ल्याउनु पर्ने उनको भनाई छ । अदालतलाई जुन ठाउँमा आदेश दिनु पर्ने त्यो ठाउँमा अर्बौ लगानि हुँदा चुप लागेको आरोप उनले लगाए ।
‘संकल्प प्रस्ताव वा विशेष महत्तवका प्रस्ताव वा कुनै पनि कुरा पारित गरेर हामीले निजगढ बनाउनु पर्छ,’उनले भने, ‘उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले पनि भ्रामक सुचना प्रचारबाजी हुँदा अदालतले गल्त फैसला सुनाएको बताए । निजगढमा विमान स्थल बनाउन सरकारले पनि अगाडी बढ्नु पर्ने उनले बताए । ‘विमान स्थल बन्दा रुख काटिन्छ । त्यसको हामी विकल्प खोजौंला । जति रुख काटिन्छ, त्यती रुख हामीले रोप्छौं,’उनले भने,‘तर विमान स्थल नबन्ने प्रोपगण्डा नहोस् ।’ यस्तै, नेकपा माओवादी केन्द्रका सांसद दिलिप कुमार साहले पनि मधेशसंग कठुराघात भएको बताए । निजगढ विमान स्थल निर्माण प्रति सर्वाच्चको निर्णयमा उनले पनि आपत्ती जनाए । जसरी पनि निर्णमा हुनुपर्ने उनको धारणा रहेको छ ।



