२०७९ जेष्ठ २०, शुक्रबार ०७:३७

मधेश प्रदेश प्रदेशसभा अगाडि अस्थायी शिक्षकहरुले प्रर्दशन गरेका छन् । तलव भत्ता माग गर्दे बिहीबार शिक्षकहरुले प्रर्दशन गरेका छन् ।

 

शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवले सरकारलाई ध्यानकर्षण गराउने उद्देश्यले प्रर्दशन गरिएको जानकारी दिए । उनका अनुसार सरकारले विगतमा सम्झौता गरेपनि कार्यान्वयन गर्न आलटाल गरेको छ । यस प्रदेशमा साढे चार सयभन्दा बढी अस्थायी शिक्षकहरु हुन् । उनीहरुले एक वर्षदेखि मासिक तलव र भत्ता पाएका छैनन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी पनि गरेका थिए । ‘ तलब भत्ता सुनिश्चत गर, कानुन राज्यको महशुश होस, मौलिक हकको हनन नहोस्, विगतको सम्झौता लागु होस र अस्थायी शिक्षकको व्यवस्थापन होस् लगायतका प्ले कार्डसहित नारावाजी गरेका थिए ।

विगतमा आन्दोलन गर्दा प्रदेश समन्वय परिषद्ले पीडित अस्थायी शिक्षकको संख्या निर्धारण गरी तथ्यांकगत विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको थियो । समन्वय परिषद् एवं मुख्यमन्त्री कार्यालयबीच सम्झौता भएपछि शिक्षकलाई काजमा फिर्ता पठाइएको थियो । तर, उनीहरुले तलब भत्ता अहिले सम्म पाएका छैनन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=KlXEg89w82c

Comment


Related News