२०७९ जेष्ठ २०, शुक्रबार ०७:४०

सप्तरीको बलानबिहुल गाउँपालिकाका नवनिर्वाचित वडा अध्यक्षमाथी एक महिला वडा सदस्यले चप्पल प्रहारगरि अभद्रव्यहार गरेकी छन् । गाउँपालिका–४ का अध्यक्ष लक्ष्मी नारायण झा माथी महिला वडा सदस्य उर्मिला देवी साहले बिहीबार दिउसो चप्पल प्रहार गरेकी छन् ।

घटनापछि प्रहरीले वडा सदस्य साहलाई नियन्त्रणमा लिएको छ । डिएसपी माधवप्रसाद काफ्लेले दुबै जनप्रतिनिधिबीच विवाद भई स्थित तनावपूर्ण बन्दै गएपछि अनुसन्धानका लागि महिला वडा सदस्य साहलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ भइरहेको बताएका छन् । चप्पल हिर्काउने कारण नखुलेको तथा सो बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । गाउँपालिकाका प्रमुख खेमचन्द्र यादवले घटनाको बारे भने के कारणले चप्पल हिर्काएको भन्ने आफू बुझने काम गरिरहेको बताएका छन् । वडा अध्यक्ष झा कांग्रेसबाट निर्वाचित भएका हुन् भने चप्पल हिर्काउने भनिएकी महिला एमालेबाट वडा–२ की सदस्य पदमा निर्वाचित भएकी छन् । म िह ल ा ल े सोही गाउँपालिकाका अर्का वडा अध्यक्ष सूर्यकुमार दास र बिन्देश्वर यादवको भनाई अनुसार चप्पल प्रहार गरेको बताएपछि प्रहरीले उनीहरुको पनि खोजतलास सुरु गरेको गाउँपालिका अध्यक्ष यादवले बताए । स्थानीय बासिन्दाहरुले भने गाउँपालिकाको सदस्य मनोनित गर्ने विषयमा उक्त विवाद सुरु भएको बताएका छन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=KlXEg89w82c

Comment


Related News