२०७९ जेष्ठ २१, शनिबार ०७:२८

जनकपुरधाम ।नेपाली काँग्रेसका पूर्व उपसभापति समेत रहेका नेता विमलेन्द्र निधिको मलजलले जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेले चम्तकारिक जित हासिल गरेको छ । एमालेको पक्षमा मतदान गर्न काँग्रेसका सदस्यहरुलाई जनकपुरधाम उपमहामनगरपालिकाका मेयर किसोरी साह, जिल्ला नेता गणेश तिवारी र क्षेत्रीय सभापति श्याम निधिले अहोरात्र मिहिनेत गरे ।

उपमहानगरमा काँग्रेसका ६८ जना सदस्य मतदाता छन् ।नेकपा एमालेका ३६ जना मात्र सदस्य छन् ।तर एमालेका निर्वाचित सदस्यहरु मध्ये सन्तोष महतोले ७८ र दिपेन्द्र कुमार साहले ६८ मत ल्याइ विजयी भएका छन् ।तर काँग्रेसबाट विजयी भएका राकेश विक्रम साहले सर्वाधिक ८५ मत प्राप्त गरेका हुन् । तर काँग्रेसका पराजित भएका उम्मेदवार पंकज कुमार महतोले ४९ मत र रामप्रवेश ठाकुरले ३५ मत मात्र प्राप्त गरे ।एमालेका पराजित उम्मेदवार जयशंकर गुप्ताले भने २९ मत मात्र पाए । कार्यपालिकाको ५ जना महिला सदस्यहरुमा काँग्रेसकै शारदा पन्तले ६८ मत, मनीषा कुमारी देवीले ६७ मत, फूल कुमारी देवीले ६२ मत, शैल कुमारी चौधरीले ६१ मत र संजू देवीले ६० मत ल्याई विजयी भएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा नेता निधिले काँग्रेस सहितको गठबन्धनबाट मेयरका उम्मेदवार लालकिसोर साह बिरुद्ध मनोज कुमार साहलाई स्वतन्त्रबाट उम्मेदवारी दिलाएका थिए ।साह मेयरमा निर्वाचित भए लगतै काँग्रेसको जुलुसमा सहभागिता जनाउँदै सपथग्रहण समारोहमा निधिलाई प्रमुख अतिथि बनाएका थिए । निधिको अनुहार हेर्न समेत नचाहेका एमालेलाई फकाउन कार्यपालिका सदस्यमा एमालेका दुई जना युवा नेतालाई जिताएको आरोप लागेको छ ।निधिको प्रमुख आतिथ्यमा भएको सपथग्रहण कार्यक्रम नेकपा एमालेको टिकटधारी जनप्रतिनिधिहरुले वहिष्कार गरेका थिए ।

एमालेको कडा प्रतिरोधात्मक भूमिकाबाट तर्सिएका नेता निधिलाई आफ्नै गृह नगराईन नगरपालिकाको सपथग्रहण समारोहमा आमन्त्रित गरिएको थिएन् । सूर्य छापमा मतदान गर्ने निधि समर्थकहरुले ‘बाध्यता’ भएको संक्षिप्त प्रतिकृया जनाए ।‘टिकट खोस्नेलाई पाठ सिकाइएको छ ’क्षेत्रीय सभापति श्याम निधिसँगै रहेका एकजना वडा नेताले भने, ‘जस्ताको तेस्तै ’केहि दिन पूर्व उनीहरुले खुशियाली मनाए, आज हामी मनाउँदैछौ ।कार्यपालिकाको चुनावमा काँग्रेसका दुई जना उम्मेदवारलाई पराजित गराउन निधि गुटले २१ जना जनप्रतिनिधि मतदातालाई कदमचोक स्थित एउटा होटेलमा अघोषित बन्दी बनाएको थियो । होटेलको सम्पूर्ण खर्चको व्यवस्थापन एमालेका एकजना युवा नेताको मार्फत भएको थियो ।होटेल खर्चका अतिरिक्तपनि हराउ अभियानमा जुटेका केहि नेताले अतिरिक्त लाभपनि प्राप्त गरेको आरोप काँग्रेस संस्थापन पक्षले लगाएको छ । निधिले कार्यपालिका सदस्य पदका लागि खुल्ला पुरुष तर्फ राकेश बिक्रम साह, छेदी राउत र राजकुमार पूर्वेलाई उम्मेदवारी दिलाएका थिए ।तर त्यसलाई बदरगर्दै काँग्रेसको मधेश प्रदेश समितिले राउत र पूर्वेको स्थानमा पंकज कुमार महतो र रामप्रवेश ठाकुरलाई उम्मेदवार बनाएको थियो । प्रदेश समितिको निर्णयबाट क्रुद्ध बनेका निधिले राउत र ठाकुरलाई पराजित गराएर रिस पोखेका छन् ।निधिको ‘मिसन’लाई उपमेयर साह, क्षेत्रिय सभापति निधि र जिल्ला नेता तिवारीले सफल बनाएको आरोप छ ।

समाजिक सञ्जालमा काँग्रेसको पराजयलाई संस्थापन पक्षले अस्वभाविक बताउँदै कार्वाही योग्य भनेका छन् ।पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधिकै निर्देशनमा अन्तरघात भएको बताइएपनि उनको नाम कमैले मात्र खुलाएका छन् ।तर भविष्यमा निधिले अन्तरघातको परिणाम भोग्नु पर्ने चेतावनी दिइएको छ । स्थानीय तहको निर्वाचनमा काँग्रेसले स्वतन्त्र उम्मेदवारलाई सघाएको कारण पाँच दलिय गठबन्धनमा नेता निधिप्रति चर्को आक्रोश देखिएको छ ।गठबन्धनको धर्म विपरित काँग्रेसले गरेको घात संसदीय निर्वाचनमा अझ सशक्त रुपमा देखिने विश्लेषकहरुले बताउन थालेका छन् ।निधि स्वयंले यसप्रकारको कृयाकलापमा संलग्न नहुनु पर्ने उनीहरुको तर्क रहेको छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News